पार्टीको भूमिका हेरेर मन्त्रालय भागबण्डा गर्न झलनाथ खनालको माग

काठमाडाैं | चैत १४, २०७९

पार्टीको भूमिका हेरेर मन्त्रालय भागबण्डा गर्न झलनाथ खनालको माग

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको भूमिका हेरेर मन्त्रालय भागबण्डा गर्न माग गरेका छन्।

 

मिटरब्याजी पीडितहरूको धर्नालाई एक्यबद्धता जनाउँदै उनले माइतीघर मन्डलामा सञ्चारकर्मीहरूसँग भने, 'सरकारमा दस दल सहभागी छौं। दस दललाई २५ मन्त्रालय पुर्‍याउनुपर्ने छ। त्यसैले पार्टीको भूमिका हेरेर सिट भागबण्डा गरियोस्। सबैलाई मन्त्रालय दिनुपर्छ भन्ने पनि छैन।' 

 

उनले गठबन्धनमा आबद्ध पार्टीहरूले धेरै मन्त्रालय दाबी गर्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको स्पष्ट पारे। 'सबैले धेरै मन्त्रालय दाबी गरेका छन्।

 

जसका कारण सरकारले पूर्णता पाउन सकेको अवस्था छैन। आजको बैठकले पक्कै पनि केही सकारात्मक छलफल हुने अपेक्षा गरेका छौं,' उनले भने।

 

उनले गठबन्धनमा आबद्ध दलहरूले सरकार विस्तार गर्नु अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए। 'मैले के सुझाव दिन खोजेको हुँ भने, पहिले नीति बनाउनुस्, कार्ययोजना ल्याउनुस्। अनिमात्र भागबण्डा गरेको औचित्य हुन्छ। हतारमा सरकारमा विस्तार गरेर पनि केही हुँदैन,' उनले भने। 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्